काठमाडौं । प्रादेशिक र प्रतिनिधि सभाको निर्वाचनको पूर्व सन्ध्यामा अमेरिकी दूतावासवाट आफ्ना नागरिकहरुको सूरक्षाको दृष्टिकोणवाट ट्राभल एडभाइजरी जारी गरेको छ । यसै सन्दर्भमा होटल संघ नेपाल (हान)ले चुनावको समयमा नेपाल आउने पर्यटकहरुको आतिथित्य र सूरक्षामा कुनै कमी हुन नदिने जनाएको छ ।

चुनावको समयमा नेपाल आउने पर्यटकहरुको पुर्ण सूरक्षा गर्न, गराउन सूरक्षा निकायहरु लगाएत सम्वद्द सबै क्षेत्रवाट तदारुकताका साथ जिम्मेवारी बहन गराउनको लागि नेपाल सरकारवाट समेत निर्देशन जारी गर्न हुन हानले आह्वान गरेको छ ।
सन् २०१७ मा हाल सम्मकै सबैभन्दा बढी १० लाख पर्यटक भित्रीने अवस्थावाट अघि बढेको पर्यटन उद्योगमा आसन्न चूनाववाट पर्यटक आगमन प्रभावित हुन नदिन होटल संघ नेपाल सम्बन्धित सबैमा सूरक्षाको अधिकतम प्रत्याभूति हुने गरी काम गर्न आह्वान गरेको छ । चूनावको समयमा नेपाल भ्रमणमा आउन लागेका पर्यटकहरुलाई पनि कुनै संशय नलिइ ढुक्क भएर भ्रमणमा आउन समेत अपिल गरेको छ ।