काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले ५ करोड ७५ लाख रुपैयाँ नगद लभांश वितरण गर्ने भएको छ । यस हाइड्रोले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने कर सहित सोे मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
मंसिर ७ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लभांश दिने प्रस्ताव राखेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ ।