नेपाल र भारतीय लगानीमा लिखु ४ आयोजनाको निर्माण पुुसदेखि सुरु हुँदै, ४ वर्षमा सक्ने लक्ष्य

<p>काठमाडौं । लामो समयदेखि अवरुद्ध ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजनाको निर्माण पुसदेखि सुरु हुने भएको छ ।  आयोजना निर्माणका लागि सिभिल र हाइड्रोमेकानिकल ठेकेदार छनौट अन्तिम चरणमा पुगेको छ । आउँदो पुसदेखि आयोजनाको काम सुरु हुने गरी कार्ययोजना तयार भएको आयोजना प्रमुख बद्री रिजालले बताए । नेपाल र भारतको संयुक्त लगानीमा लिखु आयोजना बन्न [&hellip;]</p>

काठमाडौं । लामो समयदेखि अवरुद्ध ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजनाको निर्माण पुसदेखि सुरु हुने भएको छ ।  आयोजना निर्माणका लागि सिभिल र हाइड्रोमेकानिकल ठेकेदार छनौट अन्तिम चरणमा पुगेको छ ।

आउँदो पुसदेखि आयोजनाको काम सुरु हुने गरी कार्ययोजना तयार भएको आयोजना प्रमुख बद्री रिजालले बताए । नेपाल र भारतको संयुक्त लगानीमा लिखु आयोजना बन्न लागेको हो । आयोजनाको अहिले सिभिल र हाइड्रोमेकानिकल निर्माणमा परेको बोलपत्र मूल्याँकनको काम सकिन लागेको र छनौट हुने ठेकेदारसंग सम्झौता गरेर अघि बढाउने उनले जानकारी दिए । आयोजनाको काम आगामी वि.स. २०७७ को असोजमा सम्पन्न गर्ने प्रतिवद्धता प्रवद्र्धक ग्रिन भेन्चर्स प्रालिले जनाएको छ ।

आयोजनामा नेपालको त्रिवेणी समूह र भारतको भिल्वरा ग्रुपले ग्रिन भेन्चर्समार्फत आयोजना निर्माण गर्न लागेका हुन् । आयोजनामा भिल्बराको ८० र त्रिवेणीको २० प्रतिशत स्वामित्व छ । करिव ९ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा नेपाल बैंकको लगानी हुने छ । आयोजनामा ग्रिनभेन्चर्सले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरिसकेको छ ।

भिल्वराले भारतीय बैंकबाट आयोजना बनाउन कर्जा लिने तयार गरेपनि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) नेपाली मुद्रामा भएपछि नेपाली बैंकबाट कर्जा लिने प्रक्रिया अघि बढाएको हो । प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ ।

ग्रिनभेन्चर्सले भारतमा बिजुली निकासीका लागि आयोजना १२० मेगावाटमा डिजाइन गरेकोमा बजार बिजुलीको मूल्य, प्रसारणलाइन पुर्वाधारलगायत अन्य विभिन्न कारणले अनिश्चित भएपछि उसले नेपालमै बेच्ने भन्दै क्षमता घटाएर ५२.४ मेगावाटमा पीपीए गरेको हो ।
प्राधिकरण र ग्रिनभेन्चर्सबीच सन् २०१६ मेसम्मका लागि ५२.४ मेगावाट बिजुली (५.९९ सेन्ट प्रति युनिटमा केही वर्षका लागि (फलव्याक) पीपीए भएको थियो ।

आयोजनाबाट वि.सं. ०७१ पुस १६ देखि बिजुली उत्पादन गर्ने प्रतिबद्धता प्रवद्र्धक ग्रिनभेन्चर्सले गरे पनि एक वर्षअघि मात्र पुरा समय पीपीए भएको छ । ऊर्जाले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ ।

यसअघि अयोजना क्यू २८ मा डिजाइन गर्दा आयोजनाको जडित क्षमता बढेर १२० मेगावाट पूयाइएको थियो । अब क्यू ४० मा डिजाइन गर्दा क्षमता घटेर ५२.४ मेगावाटमा सीमित हुनेछ । आयोजना निर्माणका आईडीआई बैंक भारतबाट सहवित्तीयकरणमा कर्जा ल्याउने तयारी गरेको थियो ।

आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजनास्थलसम्म पुग्न कम्पनीले सडक निर्माणको काम पूरा गरेको छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।

 

Share News