काठमाडौं । फलाम, तामा, चुनढुंगा लगायतका १५ वटा खानीहरुको अन्वेषण तथा उत्खननका लागि कम्पनी छानिएका छन् । खानी तथा भुगर्भ विभागले २९ वटा कम्पनीबाट ११ वटा कम्पनीलाई छानेको हो । यी कम्पनीहरुले केहि खानीहरुको अन्वेषण तथा केहि खानीहरुको उत्खनन गर्नेछन् ।
खानी तथा भुगर्भ विभागका उप महानिर्देशक राम प्रसाद घिमिरेका अनुसार चुन, फलाम र तामाका खानीहरुको अन्वेषण तथा उत्खननका लागि ती कम्पनीहरु छनौट भएका हुन् ।
ती कम्पनीहरुले सुर्खेतको लखरपाटाको चुनढुंगा र काभ्रे र स्याङजाको चुन खानीको उत्खननका लागि आव्हान गरिएको छ । अन्य फलाम तथा तामा खानीहरुको भने अन्वेषण गर्न लागिएको हो । विभागले गत चैत १ गते ग्लोबल टेण्डर आव्हान गरेको थियो ।
मकवानपुर र धादिङको लिड तथा जस्ता, तनहुँको फलाम, मकवानपुरकै तामा, धादिङकै तामा, उदयपुरको तामा, बैतडीको चुन, पाल्पाको चुन खानीको अन्वेषणका लागि आव्हान गरेको थियो ।
