टुरिजम् डेभेलपमेण्ट बैंकसँग स्वाप रेसियो विवादले मेगाको विशेष साधारणसभा भाँडियो, अब के हुन्छ ?

<p>काठमाडौं । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा विवाद भएपछि मर्जरमा जानका लागि बोलाइएको मेगा बैंकको विशेष साधारणसभा स्थगित भएको छ । यता टुरिजम् डेभेलपमेण्ट बैंकको साधारणसभाले मेगासंग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । मर्जर सम्झौता पारित गर्न दुबै बैंकले सोमबार साधारणसभा बोलाएका थिए । मेगाको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित नगरी स्थगित गरेपछि [&hellip;]</p>

काठमाडौं । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा विवाद भएपछि मर्जरमा जानका लागि बोलाइएको मेगा बैंकको विशेष साधारणसभा स्थगित भएको छ ।

यता टुरिजम् डेभेलपमेण्ट बैंकको साधारणसभाले मेगासंग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । मर्जर सम्झौता पारित गर्न दुबै बैंकले सोमबार साधारणसभा बोलाएका थिए । मेगाको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित नगरी स्थगित गरेपछि लगानीकर्तामा अन्यौलता देखिएका छन् ।

मर्जरमा जाने सम्झौता गरेपछि झण्डै १ वर्षदेखि दुबै बैंकको सेयर कारोबार बन्द छ । सेयर कारोबार नहुदा लगानीकर्ता मारमा परेका छन् ।
टुरिजम मेगामा मर्ज भएपछि स्वाप रेसियो ९५ हुने गत माघमा सम्झौता भएको थियो । तर सम्पत्तिको दाइत्व मूल्याँकन (डीडीए) गर्दा टुरिजमको मेगामा ९१.९७ हुने प्रतिवेदन आएपछि विवाद भई सोमबारको विशेष साधारणसभा रोकिएको हो ।

दुबै संस्थाको चुक्तापुँजी पुगेकाले मर्जरमा जान आवश्यक नभएको तर्क सेयरधनीले उठाएका थिए । हकप्रद सेयर बिक्रीपछि मेगाको चुक्तापुँजी ७ अर्ब ५६ करोड र गत आवको नाफाबाट बोनस सेयर बितरण गर्दा चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने भएपछि मर्जरमा जानुनपर्ने तर्क सभामा उठेको थियो । टुरिजमले पनि चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पर्याउने भएको छ ।

यता मेगाका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले मर्जरमा जादा संस्था बलियो हुने तर्क गर्दे मर्जरमा जाने प्रस्ताव पारित गर्न आग्रह गरेका थिए । अध्यक्ष र सीईओको डीडीएको प्रतिवेदन जे जस्तो आएपनि सम्झौताअनुसार मर्जरमा जानुपर्ने अडान लिएपछि ठुलो विवाद भएको थियो ।

अर्को साधारणसभाको मिति एक सातामै तोकिने छ : सीईओ शाह

विवाद भन्दा पनि गणपुरक संख्या नपुगेर मेगाको विशेष साधारणसभा रोकिएको सीईओ शाहले बताए । विकास न्युजसंग कुरा गर्दै उनले अन्य कुनै कारण नभई गणकपुरक संख्या नपुगेकाले साधारणसभा रोकिएको बताए । “५१ प्रतिशत सेयरसदस्यको प्रतिनिधित्व नपुगेकाले रोकिएको हो उनले भने अब छिट्टै सभा हुने छ ।”

अर्कोपटक २५ प्रतिशत गणपुरक संख्या भएपनि सभा हुने शाहाले जानकारी दिए ।  स्वाप रेसियोमा विवाद भएको उनले स्वीकार गरे । “अधिकाँश सेयरधनी टुरिजमसंग मर्जरमा जाने प्रस्ताव पारित गर्ने पक्षमा भएपनि गणपुरक संख्या नपुगेकाले आज रोकिएको हो” उनले भने । मेगाले प्रेश विज्ञप्ति जारी गरी टुरिजमसँग मर्जरको निर्णय लिन विशेष साधारण सभा फेरि बोलाइने जानकारी दिएको छ ।

दुई जना शेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारणसभा रोक्न नपर्ने गरी सोमबारै आदेश समेत जारी गरेको बैंकले जनाएको छ । अब साधारण सभा अघि बढाउन अब मेगा बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जनाएको छ । मर्जरपछि मेगाका शाखा कार्यालय १ सय भन्दा बढी पुग्ने छन् । मेगा र टुरिजमबीचको मर्जरले ४८ जिल्लामा बैंकको व्यवसाय र पुँजीलाई थप बृहत बनाउने छ ।

 

 

 

 

 

Share News