विर्तामोड । सामसङ नेपालले हालै झापाको विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । कम्पनीले बिक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो नयाँ सर्भिस् सेन्टर झापामा खोलेको हो ।
विर्तामोडमा शरु गरिएको यो पहिलो सर्भिस सेन्टरबाट झापा, इलाम, फिदिम, ताप्लेजुङ्ग एवं दमक तथा आसपास क्षेत्रका ग्राहकहरुले लाभ लिन सक्ने कम्पनीले जनाएको छ । यस सर्भिस सेन्टरबाट सबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिन्छ ।
यस अघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, र बुटबलमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।