मंसिर अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास, चीनले कालोपत्र गरिदिने

<p>काठमाडौैं । मंसिर महिनाको अन्तिम साता बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको शिलान्यास हुने भएको छ । शहरी विकास मन्त्री दिलनाथ गिरीले मंसिरको अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास गर्ने कार्यतालिका तयार भएको बताएका हुन् । ‘अहिले निर्वाचनको आचार संहिता लागेको छ, ठुला आयोजना शिलान्यास गर्न मिल्दैन, निर्वाचन सकिए लगत्तै म आफ्नै हातले शिलान्यास गर्नेछु’, मन्त्री [&hellip;]</p>

काठमाडौैं । मंसिर महिनाको अन्तिम साता बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको शिलान्यास हुने भएको छ । शहरी विकास मन्त्री दिलनाथ गिरीले मंसिरको अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास गर्ने कार्यतालिका तयार भएको बताएका हुन् ।

‘अहिले निर्वाचनको आचार संहिता लागेको छ, ठुला आयोजना शिलान्यास गर्न मिल्दैन, निर्वाचन सकिए लगत्तै म आफ्नै हातले शिलान्यास गर्नेछु’, मन्त्री गिरीले बुधबार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा भने ।

बाहिरी चक्रपथ विकास आयोजनाले शिलान्यास भएको २ बर्षभित्रै जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिसकेको छ । चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर सडकलाई पाइलट प्रोजेक्टका रुपमा निर्माण गर्न लागिएको हो । यसको अनमानित लागत ६ अर्ब रहेको छ ।
ग्राभेलस्तरको सडक तयार भएपछि कालोपत्रे भने चीनले गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ ।

Share News