सेयर बजारमा दोहोरो अंकको गिरावट

<p>काठमाडौं । यस साताको शुरुवातदेखि नै दोहोरो अंकले उकालो लागेको सेयर बजार आज भने दोहोरो अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ११.२३ अंकले झरेर १५०४ अंकमा अडेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन ५९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन [&hellip;]</p>

काठमाडौं । यस साताको शुरुवातदेखि नै दोहोरो अंकले उकालो लागेको सेयर बजार आज भने दोहोरो अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ११.२३ अंकले झरेर १५०४ अंकमा अडेको छ ।

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन ५९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिन(मंगलबार)को तुलनामा करिब १६ करोड रुपैयाँ घटि हो । मंगलबारको बजारमा ७५ करोडको सेयर किनबेच भएको थियो ।

बजारमा बीमा समूह सबैभन्दा बढी अंकले ओरालो लागेको छ । यस समूह १०३ अंकले ओरालो लागेको हो । बुधबार तीन समूह(उत्पादनमूलक, होटल र अन्य समूह)बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ५.४४ प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी हिमालयन डिष्टीलरीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

सो दिन चिलिमे हाइड्रोपावर, नेपाल बैंक र नेपाल दुरसञ्चार कम्पनीको तीन करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

Share News