वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे १० लाख घुससहित पक्राउ

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको विशेष टोलीले बुधबार चावहिलस्थित अम्बे अपार्टमेन्टबाट महानिर्देशक पाण्डेलाई पक्राउ गरेको हो । मंगलबार साँझ नयाँवानेश्वरस्थित इन्द्रणी फुडल्याण्डबाट विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल नायब सुब्बा खड्गबहादुर केसीलाई १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेल र [&hellip;]</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

अख्तियारको विशेष टोलीले बुधबार चावहिलस्थित अम्बे अपार्टमेन्टबाट महानिर्देशक पाण्डेलाई पक्राउ गरेको हो ।

मंगलबार साँझ नयाँवानेश्वरस्थित इन्द्रणी फुडल्याण्डबाट विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल नायब सुब्बा खड्गबहादुर केसीलाई १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेल र केसीको बयानका आधारमा महानिर्देशक पाण्डेलाई अख्तियारले बुधबार बिहान निवासबाटै पक्राउ गरको हो ।

अधिकृत पौडेल र नायव सुब्बा केसीलाई मंगलबार साँझ पक्राउ गरेको विभागका सुचना अधिकृत तथा निर्देशक मोहन अधिकारीले बताए । विकास न्युजसंग कुरा गर्दै अधिकारीले भने “पाण्डे सर आज कार्यलय आउनु भएको छैन, मैले पनि पक्राउ परेको सुनेको छु ।”

म्यानपावर कम्पनीको कामकाज तथा बैंक खाता समेत विभागबाट रोक्का राखेकोमा सर्वोच्च अदालतबाट रोक्का फुकुवा गरी नियमानुसार काम गर्न दिनु भनि आदेश भईसकेको अवस्थामा शाखा अधिकृत पौडेल र नायव सुब्बा केसीले रोक्का फुकुवा नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा १० लाख रुपैयाँ घुस लिदालिदै पक्रिएको अख्तियारले जनाएको छ ।

घुस लेनदेन सम्बन्धी विषयमा विभागका महानिर्देशक पाण्डेको समेत संलग्नता प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको आधारमा हिरासतमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । महानिर्देशक पाण्डलेले मंसिरदेखि अवकास पाउदै थिए ।

 

 

Share News