काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
संस्थाको जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । संस्थापक ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । आगामी मंसिर २३ गते हुने प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासनका लागि प्रस्ताव पेश हुने आशाले जनाएको छ । सभाले आईपीओ
निष्कासनको अख्तियारी सञ्चालक समितिलाई दिएपछि प्रक्रिया अघि बढ्ने छ ।
सभाले संस्थापक समूहको ४ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । संस्थाको केन्द्रीय कार्यलय नुवाकोटको मदानपुरमा रहेको छ ।