काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा सञ्चालन गरेको छ । बैंकले मंगलबार एक समारोहका बीच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेबाट उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
बैंकले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।