ढल्केबरमा ४ सय केभी क्षमताको सवस्टेशन बनाउन एबीबी इण्डियाले पायो

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबरमा ४ सय केभी क्षमताको सवस्टेशन बनाउन भारतीय कम्पनी एबीबी इन्डिया लिमिटेडलाई जिम्मा दिने भएको छ । बोलपत्र आब्हान गर्दा सारभूत रुपमा प्रभाग्राही न्युनम मूल्य अंकित एबीबीलाई सवस्टेशन निर्माणको जिम्मा दिन लागेको हो । एबीबीले १ करोड ७९ लाख ७० हजार २५५ डलर र १७ करोड ७१ लाख ८३ हजार [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबरमा ४ सय केभी क्षमताको सवस्टेशन बनाउन भारतीय कम्पनी एबीबी इन्डिया लिमिटेडलाई जिम्मा दिने भएको छ ।

बोलपत्र आब्हान गर्दा सारभूत रुपमा प्रभाग्राही न्युनम मूल्य अंकित एबीबीलाई सवस्टेशन निर्माणको जिम्मा दिन लागेको हो । एबीबीले १ करोड ७९ लाख ७० हजार २५५ डलर र १७ करोड ७१ लाख ८३ हजार रुपैयाँ नेपाली गरी कुल २ अर्ब रुपैयाँमा काम सक्ने गरी जिम्मेबारी दिन लागेको हो ।

प्राधिकरण र एबीबीबीच ठेक्का सम्झौता हुन बाँकी छ । विद्युत प्राधिकरणले विद्युत प्रणालीको क्षमता बढाउन सो सवस्टेशनको निर्माण गर्न लागेको हो । प्राधिकरणले हेटौडादेखि ढल्केबर हुदै सुनसरीको इनरुवासम्म ४ सय केभी प्रसारणलाइनको निर्माण गरिरहेको छ । सोही योजना अन्र्तगत ढल्केबरमा सवस्टेशन निर्माण हुन लागेको हो ।

Share News