पुननिर्माण प्राधिकरण सीईओ नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

<p>काठमाडौं । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालको नियुक्ति खारेजीको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । &nbsp; प्राधिकरणका पूर्व सिईओ सुशील ज्ञवालीले वर्तमान सीईओ भुसालको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै सोको खारेजीको माग गर्दे सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रा.डा. गोविन्दराज पोखरेलको राजीनामा स्वीकृत भएपछि बाँकी अवधिका [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालको नियुक्ति खारेजीको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

 

प्राधिकरणका पूर्व सिईओ सुशील ज्ञवालीले वर्तमान सीईओ भुसालको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै सोको खारेजीको माग गर्दे सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रा.डा. गोविन्दराज पोखरेलको राजीनामा स्वीकृत भएपछि बाँकी अवधिका लागि भुसाललाई गरिएको नियुत्ति कानुन विपरित भएको दावी गर्दे ज्ञवालीले नियुत्तिको बदर गर्न माग गरेका छन् ।

पूर्व सिइओ पोखरेलले नेपाली काँग्रसका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार हुन राजीनामा दिएका थिए । प्राधिकरणमा सीईकोको पद खाली भएपछि मन्त्रिपरिषद्ले कात्तिक ६ गते पोखरेलको राजीनामा स्वीकृत गरी पूर्वसचिव भुसाललाई सिइओ बनाएको थियो ।

 

Share News