काठमाडौं । लूम्बिनी विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा मोरङ जिल्लाको सून्दर हरैचा नगरपालिकामा ५७औं शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार एक समारोहका बीच सून्दर हरैचा नगरपालिकाका प्रमूख शिवप्रसाद ढकालले गरेका हुन् ।
सो अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष सूशिल राज पराजूलीले बैंकबाट आगामी दिनमा अझ प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने साथै ग्रामिण भेगमा समेत क्रमश सेवा विस्तार गर्दै जाने बताए । बैंकका सञ्चालक चिन्तामणी भट्टराईले बैंकले ग्रामिण जनतासँगको सामिप्यतामा अभिबृद्धि गर्दै जाने बताए ।
हाल बैंकले ५७ वटा शाखा तथा १२ एटिएममार्फत विभिन्न निक्षेप तथा कर्जा सूविधाका साथै एटीएम, एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, आश्बा लगाएत बैंकिङ्ग सेवाहरु दिँदै आएको छ ।
बैंकले गत आश्विन मसान्तसम्ममा करिब १८ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन तथा १५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सो अवधिमा २ करोड ५३ लाख रुपैयाँ सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको छ बैंकले जनाएको छ ।