नेप्से दोहोरो अंकले उकालो, बीमा समूहले उचाल्यो बजार

<p>काठमाडौं । दुई सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार आइतबार दोहोरो अंकले उकालो लागेको छ । सो दिन नेप्से परिसूचक १६.४१ अंकले उकालो लागेर १४७७.१४ अंकमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा ३९ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीका ११ लाख १४ हजार कित्ता सेयर किनबेच भएको [&hellip;]</p>

काठमाडौं । दुई सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार आइतबार दोहोरो अंकले उकालो लागेको छ । सो दिन नेप्से परिसूचक १६.४१ अंकले उकालो लागेर १४७७.१४ अंकमा पुगेको छ ।

दोहोरो अंकले बढेको बजारमा ३९ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीका ११ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी बैंक अफ काठमाण्डूको २ करोड ८९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् ।

आइतबारको सेयर बजारलाई बीमा समूहले उचालेको छ । सो दिन बीमा समूह ११८ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहक स्थिर रहेको छ भने ट्रेडिङ समूह सामान्य अंकले ओरालो लागेको छ । अन्य बाँकी समूहहरु भने सामान्य अंकले उकालोे लागेका छन् ।

त्यस्तै, सबैभन्दा बढी सहयोगी विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । उता विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने ६ प्रतिशत गुमाएका छन् ।

Share News