के बाम गठबन्धनसँग डराएकै हो त सेयर बजार ?

<p>काठमाडौं । ‘वामपन्थी गठबन्धनको सरकारलाई देखाएर केहि व्यक्ति तथा समूह सेयर बजार घटाउन लागिपरेका छन् । वास्तवमा बामपन्थी गठबन्धनबाट सेयर बजारलाई कुनै जोखिम छैन’, यो भनाई हो इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको । रौनियारकै भनाईलाई आधार मान्ने हो भने सेयर बजारमा निर्वाचनपछि यदी बामपन्थी गठवन्धनको सरकार बने उसले अख्तियार गर्ने आर्थिक नीतिको त्रास देखिन्छ । [&hellip;]</p>

काठमाडौं । ‘वामपन्थी गठबन्धनको सरकारलाई देखाएर केहि व्यक्ति तथा समूह सेयर बजार घटाउन लागिपरेका छन् । वास्तवमा बामपन्थी गठबन्धनबाट सेयर बजारलाई कुनै जोखिम छैन’, यो भनाई हो इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको । रौनियारकै भनाईलाई आधार मान्ने हो भने सेयर बजारमा निर्वाचनपछि यदी बामपन्थी गठवन्धनको सरकार बने उसले अख्तियार गर्ने आर्थिक नीतिको त्रास देखिन्छ । तर उनी आफैं भनिरहेका छन् की बामपन्थी गठबन्धनको सरकारबाट सेयर बजारमा कुनै प्रकारको जोखिम छैन । किनकी अहिले बाम गठबन्धनमा सामेल दलले यसअघि पनि सेयर बजार प्रतिकुल कुनै नीति लिएका थिएनन् । र, फेरी पनि त्यस्तो सम्भावना छैन् ।

बामपन्थीहरुले आफ्नो साझा घोषणा पत्रमा स्पष्ट भाषामा लेखेका छनः ‘निजी क्षेत्रलाई अर्थतन्त्रको राष्ट्रिय अर्थतन्त्रको महत्वपुर्ण अंगका रुपमा सामेल गरि प्रोत्साहन गरिनेछ । लगानीमैत्री वातावरण, अनुकुल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिनेछ । सार्वजनिक–नीजी साझेदारीलाई महत्वका साथ अवलम्बन गरिनेछ ।’

घोषणा पत्रमै स्पष्ट भाषामा लेखिएको र विगतका सबै बामपन्थी सरकारले खुल्ला बजार अर्थतन्त्रमा अंकुश नलगाएको इतिहासले पनि सेयर बजार घट्नुमा बामपन्थी गठबन्धन दोषी नगरेहेको ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीको भनाई छ । ‘बामपन्थी सरकार भएकै बेलामा नेप्से परिसूचकले उच्च विन्दु कायम गरेको रेकर्ड छ, भरतमोहन अधिकारीदेखि बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, बर्षमान पुन, बिष्णु पौडेल र कृष्ण बहादुर महराले अर्थमन्त्रालय सम्हाल्दा पुँजी बजारको विकासलाई उच्च महत्व दिएका थिए’, रेग्मीले भने ।

भरतमोहन अधिकारीले अर्थ मन्त्रालय सम्हाल्दा प्रमुख आर्थिक सल्लाहकार रहेका अर्थशास्त्री केशब आचार्यले पनि बाम गठबन्धनलाई देखाएर सेयर बजार ओरालो लाग्यो भन्नु हास्यास्पद तर्कको संज्ञा दिए । ‘बामपन्थी दलहरुले लोकतन्त्र प्रतिको आफ्नो प्रतिवद्धता जाहेर गरिरहेका छन, राष्ट्रिय पुँजीको विकास गर्ने भनिरहेका छन, यस्तो अवस्थामा पुँजी बजारका लगानीकर्ताले डराउनुपर्ने कुनै कारण छैन’, अर्थशास्त्री आचार्यले भने ।

काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली पनि लोकतान्त्रिक मूल्य मान्यता प्रतिको आफुहरुको प्रतिवद्धतामाथी प्रश्न नगर्न आग्रह गरेका थिए ।

कति घट्यो बजार ?
कात्तिक ५ गते १५७१.९२ अंकबाट ओरालो लागेको नेप्से परिसूचक कात्तिक २३ गते १४६०.७३ अंकमा आइपुगेको छ । यो अवधीमा बजार जम्मा १५ दिन खुलेको छ र १११.१९ अंकले ओरालो घटेको छ । १५ दिनसम्म बजार औषतले ७.४१ अंकले घटेको देखिन्छ ।

 

Share News