विसं २
०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भने “प्रजातन्त्रलाई संगठित रुपमा सिध्याई साम्यवाद स्थापना गर्न एमाले र माओवादी एक भएर लागेका छन्, यसका विरुद्ध जनताले निर्वाचनमा प्रजातन्त्र पक्षमा मत दिई फैसला दिनुपर्छ ।”
काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय निकायको निर्वाचनमा जनताले कम्युनिष्ट दललाई पहिलो स्थानमा पुयाए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसलाई पहिलो स्थान दिन जनतासित आग्रह गरे । “कम्युनिष्ट शासन आएमा खुलेर बोल्न, निर्धक्क लेख्न पाइन्न, बहुदलीय प्रतिष्पर्धा त कता हो कता, मानवअधिकार भन्ने केही रहन्न ”, उहाँले भने । प्रधानमन्त्री देउवाले आफ्नो पार्टी जहानियाँ राणा शासन, पञ्चायत तथा निरंकुश तत्कालीन राजा ज्ञानेन्द्रका विरुद्धमा अग्रमोर्चामा लडेको र अब पनि प्रजातन्त्रविरुद्ध देखा पर्नेका विरुद्ध लड्ने बताए ।
प्रधानमन्त्री देउवाले निर्वाचनमा आफ्नो पार्टीले पहिलो स्थान प्राप्त गरेमा प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिको यात्रामा देश अगाडि बढ्ने छ भने । उहाँले प्रजातन्त्र स्थापना गर्न सिंहले देखाउनुभएको त्याग, समर्पण र निष्ठालाई सबैले अनुसरण गर्नुपर्छ भने।
कार्यक्रममा काँग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंह अवसरवादी राजनीतिभन्दा सिद्धान्तको राजनीतिमा अडिग र निष्ठावान् व्यक्तित्व भएको स्मरण गर्दै उनले नेपाली जनतालाई रैतीबाट सार्वभौम बनाउन जीवनभर लडिरहेकाे बताए ।
सर्वाेच्च कमाण्डरका सुपुत्र सिंहले विसं २०४६ को ऐतिहासिक जनआन्दोलन गणेशमानको नेतृत्वमा भएको र कम्युनिष्टलाई बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा ल्याउन उच्च उदारता देखाएको बताए ।
फाउण्डेशनका अध्यक्ष एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली राजनीतिमा गणेशमान लौह पुरुषका रुपमा रहिरहने बताउँदै प्रजातन्त्रका लागि उनको योगदान, त्याग र निष्ठाको स्मरण गरे । आफ्नो सक्रिय राजनीतिक जीवनको छ दशकमध्ये गणेशमानले १५ वर्ष कारागार र १५ वर्ष निर्वासनमा बिताउनुपरेको थियो । विसं १९९७ मा उहाँ राणाशासनका विरुद्ध सक्रिय राजनीतिमा उत्रिएका िथए । रासस