काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एकैदिन दुई बीमा कम्पनीको १३ करोड ६४ लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर सूचिकृत भएको छ । बिहीबार मात्र नेपाल इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सो मात्राको बोनस सेयर सूचिकृत भएको हो ।
बोर्डमा नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत(एक लाख ४३ हजार ८०४ कित्ता) बोनस सेयर सूचिकृत भएको छ ।
त्यस्तै, सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको २५ प्रतिशत(अर्थात १२ लाख २० हजार ०४० कित्ता) बोनस सेयर सूचिकृत भएको हो ।
बोर्डमा यी दुई कम्पनीको गरी जम्मा १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर थपिएको छ । यी दुई कम्पनी सहित धितोपत्र बोर्डमा हालसम्म १२ कम्पनीको एक अर्ब ३५ करोड ९७ लाख ६३ हजार ४८५ रुपैयाँ बराबरको बोनस सेयर सूचिकृत भएको छ ।