मेलम्चीको सुरुङ फिनिसिङ गर्न १० वटा ट्रान्जिट मिक्स्चर ल्याइँदै, दैनिक २०० मिटर तयार हुने

<p>काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङ गर्न १० वटा आधुनिक ट्रान्जिट मिक्स्चर मेसिन ल्याइने भएको छ । आयोजनाका इञ्जिनियर रमाकान्त दुवाडीका अनुसार आगामी एक हप्ताभित्रै १० वटा आधुनिक ट्रान्जिट मिक्स्चर नेपाल आइपुग्नेछन् । ती मेसिनहरुले दैनिक २०० मिटर सुरुङमा इन्भर्ट लाइनिङ गर्नेछन् । इञ्जिनियरिङ भाषामा सुरुङ फिनिसङको कामलाई इन्भर्ट लाइनिङ भनिन्छ । मेलम्चीको [&hellip;]</p>

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङ गर्न १० वटा आधुनिक ट्रान्जिट मिक्स्चर मेसिन ल्याइने भएको छ । आयोजनाका इञ्जिनियर रमाकान्त दुवाडीका अनुसार आगामी एक हप्ताभित्रै १० वटा आधुनिक ट्रान्जिट मिक्स्चर नेपाल आइपुग्नेछन् । ती मेसिनहरुले दैनिक २०० मिटर सुरुङमा इन्भर्ट लाइनिङ गर्नेछन् । इञ्जिनियरिङ भाषामा सुरुङ फिनिसङको कामलाई इन्भर्ट लाइनिङ भनिन्छ ।

मेलम्चीको अझै १२०० मिटर सुरुङ खन्न बाँकी छ । यस अघि नै सुन्दरीजलदेखि सिन्धुसम्मको ९.५ किलोमिटर सुरुङ ब्रेक थ्रु भैसकेको छ भने अम्बाथानदेखि हेडवक्र्ससम्मको २ किलोमिटर पनि ब्रेक थ्रु भैसकेको छ । हालसम्म जम्मा २ किलोमिटर सुरुङमा मात्रै फिनिसिङको काम सकिएको छ । सुरुङ फिनिसिङको बाँकी कामलाई तिब्रगतिमा अघि बढाउन ट्राञ्जिट मिक्स्चर ल्याउन लागिएको हो । ‘सुरुङको काम धमाधम अघि बढिरहेको छ, सुरुङ ब्रेक थ्रु सकिए लगत्तै फिनिसिङको काम धमाधम अघि बढाउनुपर्छ, त्यसैका लागि मिक्स्चर ल्याएका हौं’, मेलम्ची खानेपानी विकास समितिका इञ्जिनियर दुवाडीले विकासन्युजसँग भने ।

मेलम्चीले दोश्रो चरणमा अघि बढाउन लागेको याङग्री र लार्के नदिको कामका लागि परामर्श दाता छनौट प्रक्रिाय पनि अघि बढाईसकेको छ । आयोजनाले ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर प्राबिधिक तथा वित्तिय प्रस्ताव मागेको छ । सुन्दरीजलमा निर्माण भएको पानी प्रसोधन केन्द्रको गुणस्तर तथा प्राबिधिक परिक्षण पनि सम्पनन्न भैसकेको छ । त्यस्तै राजधानीका सडकमा बिछ्याइएका पाइपहरुको हाइड्रोलिक टेष्टको काम पनि सम्पन्न भैसकेको छ ।

Share News