याङग्री र लार्केका लागि परामर्शदाता छान्ने काम अघि बढ्यो

<p>काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले याङग्री र लार्के नदिको पानी काठमाडौं ल्याउने कामका लागि परामर्श दाता छनौट अघि बढाएको छ । आयोजना विकास समितिले ६ वटा कम्पनीलाई परामर्श सेवाका लागि प्रारम्भिक छनौटमा पारेको हो । यी कम्पनीहरुसँग प्राबिधिक र वित्तिय प्रस्ताव माग गरिएको छ । आयोजनाले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरेर पाँच वटा कम्पनीलाई [&hellip;]</p>

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले याङग्री र लार्के नदिको पानी काठमाडौं ल्याउने कामका लागि परामर्श दाता छनौट अघि बढाएको छ । आयोजना विकास समितिले ६ वटा कम्पनीलाई परामर्श सेवाका लागि प्रारम्भिक छनौटमा पारेको हो ।

यी कम्पनीहरुसँग प्राबिधिक र वित्तिय प्रस्ताव माग गरिएको छ । आयोजनाले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरेर पाँच वटा कम्पनीलाई तोकिएको मिति भित्रै वित्तिय र प्राबिधिक प्रस्ताव पेश गर्न भनेको हो ।

आयोजनाका इञ्जिनियर रमाकान्त दुवाडीका अनुसार अहिले छनौट गरिएको परामर्श दाता कम्पनीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम र दोश्रो चरणमा अघि बढ्ने याङग्री र लार्के नदिको काममा परामर्श सेवा उपलब्ध गराउनेछ । आगामी जनवरीभित्र छनौट हुने एउटा परामर्श दाता कम्पनीले आगामी पाँच बर्षसम्म काम गर्नेछ ।

Share News