फागुनदेखि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थपिँदै, मूल्य घट्नुको साथै गुणस्तरमा प्रतिस्पर्धा हुँदै

<p>काठमाडौं । नेपालमा आउदो फागुनदेखि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थप हुने भएको छ । नेपाल र चिनियाँ संयुक्त लगानीमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट उद्योगले आउदो फागुनको दोस्रो सातादेखि सिमेन्ट उत्पादन थाल्ने भएपछि यो उत्पादन थपिन लागेकाे हाे । नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी हो । कम्पनीले गत मार्चदेखि [&hellip;]</p>

काठमाडौं । नेपालमा आउदो फागुनदेखि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थप हुने भएको छ । नेपाल र चिनियाँ संयुक्त लगानीमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट उद्योगले आउदो फागुनको दोस्रो सातादेखि सिमेन्ट उत्पादन थाल्ने भएपछि यो उत्पादन थपिन लागेकाे हाे । नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी हो ।

कम्पनीले गत मार्चदेखि कारखाना निर्माण सुरु गरेको हो । कारखाना बनाउन काम सुरु गरेको १ वर्ष नपुग्दै उद्योगले सिमेन्ट उत्पादन थाल्ने भएको छ । आउदो फागुनको दोस्रो सातादेखि सिमेन्ट उत्पादन गर्नेगरी कारखाना निर्माणको काम भइरहेको लगानी लगानी बोर्डका प्रवत्ता उत्तमभक्त वाग्लेले बताए ।

निर्धारित समयअगावै कारखानबाट सिमेन्ट उत्पादन हुने उनले जानकारी दिए । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना रहेको उनले सुनाए ।

गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ ( करिब ३५ करोड ९१ लाख अमेरिकी डलर ) लगानी गर्नेछ ।

कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङ्को ३० र होङसीको ७० प्रतिशत लगानी छ ।
बजारमा उच्चगुणस्तरको सिमेन्ट उपलव्ध गराउनुका साथै नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सृजना गर्न सहयोग पुर्याउने उनको भनाई छ ।

कम्पनीकाे उत्पादन बजारमा अाएपछि सिमेन्टकाे मूल्य घट्ने र सिमेन्ट उत्पादक कम्पनीहरूबीच गुणास्तरमा प्रतिस्पर्धा हुने सरकारी अधिकारीहरूकाे विश्लेषण रहेकाे छ ।

होङसी शिभम्को गुनासोः सरकारले प्रतिवद्धता पुरा गरेन

होङसिले सिमेन्ट उत्पादनका लागि कारखाना निर्माण गरिरहदा खानी र कारखानासम्म पुग्ने सडक निर्माण हुन सकेको छैन । यस्तै बिजुली आपूर्तिका लागि आवश्यक पुर्वाधारको काम अहिलेसम्म नभएको वाग्लेले जानकारी दिए । उद्योगलाई ३० मेगावाट बिजुलीसहितको डेडिकेटेड फिडर आवश्यक पर्ने उनले बताए ।

 

पीएनएमा भएको व्यवस्थाअनुसार कारखाना र खानीसम्म सडक र बिजुलीको पूर्वाधार विकास सरकारले गर्ने भनेपनि हालसम्म त्यसतर्फ काम नभएको वाग्लेले जानकारी दिए । कारखाना र खानीसम्म सरकारले सडक निर्माण नगरेकाले क्लिङकरका लागि खानीबाट चुनढुङा ल्याउन र उत्पादन हुने सिमेन्ट बजारसम्म पुर्याउन समस्या पर्ने उनको भनाई छ । सडक र बिजुलीका काम नहुदा चिनिया पक्षले गुनासो गरिरहेको उनले जानकारी दिए ।

 

 

Share News