१४ दिनमा १११ अंकले किन घट्यो सेयर बजार, यस्ता छन् कारण

<p>काठमाडौं । कात्तिक ५ गते १५७१.९२ अंकबाट ओरालो लागेको नेप्से परिसूचक कात्तिक २३ गते १४६०.७३ अंकमा आइपुगेको छ । यो अवधीमा बजार जम्मा १४ दिन खुलेको छ र १११.१९ अंकले ओरालो घटेको छ । १४ दिनसम्म बजार औषतले ७.९४ अंकले घटेको देखिन्छ । इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको बुझाईमा सेयर बजार ओरालो लाग्नुमा आधा दर्जन [&hellip;]</p>

काठमाडौं । कात्तिक ५ गते १५७१.९२ अंकबाट ओरालो लागेको नेप्से परिसूचक कात्तिक २३ गते १४६०.७३ अंकमा आइपुगेको छ । यो अवधीमा बजार जम्मा १४ दिन खुलेको छ र १११.१९ अंकले ओरालो घटेको छ । १४ दिनसम्म बजार औषतले ७.९४ अंकले घटेको देखिन्छ । इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको बुझाईमा सेयर बजार ओरालो लाग्नुमा आधा दर्जन जति कारण छन् ।

रौनियारका अनुसार यतिबेला लगानी कर्ताको मनोबल ह्वात्तै घटेको छ । लगानी कर्ताले यतिबेला बैंकको ब्याजदर घट्ने आस गरेका थिए तर अझै पनि ब्याजदर १२/१३ प्रतिशतमै छ । चर्काे ब्याजदरका कारण लगानी कर्ताले सेयरमा लगानी बढाउने हिम्मत गरिरहेका छैनन् । अर्काे पक्ष भनेको कात्तिक २१ गतेबाट अनलाइन सेयर कारोबार आरम्भ हुने नेप्सेको पुर्व घोषणा २०७५ जेठमा सरेको छ । यसले पनि लगानी कर्तालाई केहि हदसम्म झस्काएको उनी बताउँछन् ।

ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पनि बैंकको ब्याजदर नघट्नु, अनलाईन सेयर कारोबार पछि धकेलिनु र बजारमा सेयरको आपुर्ति बढेकाले सेयर बजार ओरालो लागेको बताए । रेग्मीले बैंक तथा वित्तिय संस्थाहरुको पहिलो त्रैमासिकको वित्तिय विवरणले सकारात्मक संकेत नदेखाएकाले लगानी कर्ता हच्किएको दावी पनि गरे ।‘हाम्रो पुँजी बजार भनेको बैंक तथा वित्तिय संस्थाहरुको ठुलो हिस्साले भरिएको छ, पहिलो त्रैमासिकको रिपोर्टले राम्रो अवस्था नदेखाएपछि लगानी कर्ता हच्किएका हुनसक्छन’, रेग्मीले भने ।

उता, रौनियारले भने बाम एकताले सेयर बजार तहसनस पार्ने हल्ला फिँजाएर केहि तत्वले बजारलाई प्रभावित पारेको दावी पनि गरे । ‘बाम एकताको डर देखाएर केहि तत्वकाले बजार घटाउने र त्यसबाट फाइदा लिन खोजेको जस्तो पनि देखिन्छ, तर नेपालको पुँजी बजार त बामपन्थी सरकारकै पालामा उच्चतम विन्दुमा पुगेको छ’, रौनियारले भने ।

नेपाल धितोपत्र बोर्डले भने बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया भएको बताएको छ । ‘बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया नै हो, धितोपत्र बोर्डले हेर्ने भनेको बजार असामान्य तवरले बढेको वा घटेको छ की छैन भन्ने मात्रै होे’, बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले भने । ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने बाम गठबन्धनले सेयर बजार घटाउन कुनै भूमिका नखेलेको बताए ।

Share News