एनआईसी एशिया बैंकले एकैसाथ खोल्यो थप ५ नयाँ शाखा, शाखा सङ्ख्या १३५ पुग्यो

<p>काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ थप ५ नयाँ शाखा कार्यालयहरु खोलेको छ । बैंकले बुधबार मात्रै दोलखा स्थित चरिकोट शाखा, कैलाली स्थित पहलमानपुर शाखा, केराबारी स्थित केराबारी शाखा, सिरहा स्थित भगवानपुर शाखा तथा सिरहा स्थित नरहा शाखाको एक कार्यक्रम बीच उद्घाटन गरेको हो । उक्त ५ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ थप ५ नयाँ शाखा कार्यालयहरु खोलेको छ । बैंकले बुधबार मात्रै दोलखा स्थित चरिकोट शाखा, कैलाली स्थित पहलमानपुर शाखा, केराबारी स्थित केराबारी शाखा, सिरहा स्थित भगवानपुर शाखा तथा सिरहा स्थित नरहा शाखाको एक कार्यक्रम बीच उद्घाटन गरेको हो ।

उक्त ५ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३५ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share News