नेपाल बङ्गलादेश बैंकको वार्षिक साधारणसभा मंसिर ३ गते, केके छन् विशेष प्रस्ताव?

<p>काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २३औँ वार्षिक साधारणसभा मंसिर ३ गते हुने भएको छ । उक्त सभामा बैंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको ३.७९ प्र्रतिशत नगद लभांश(कर समेत) वितरण गर्ने भएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २३औँ वार्षिक साधारणसभा मंसिर ३ गते हुने भएको छ । उक्त सभामा बैंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ ।

साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको ३.७९ प्र्रतिशत नगद लभांश(कर समेत) वितरण गर्ने भएको छ ।

त्यसैगरी, सभामा ४ वर्षे कार्यकालको लागि कुल ६ जना संचालकको निर्वाचन गर्ने कम्पनीले जनाएको छ ।
सो प्रयोजनको लागि कात्तिक १३ गतेदेखि मंसिर ३ गतेसम्म बैंकको बुक क्लोज रहने छ ।

Share News