एक्सेल डेभलपमेन्ट बैंक मंसिर १७ गते साधारणसभामा जाँदै, कहिले देखि बुक क्लोज?

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक मंसिर १७ गते आफ्नो १२औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि मंसिर ५ गतेदेखि मंसिर १७ गतेसम्म बैंकको बुक क्लोज हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ६८ [&hellip;]</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक मंसिर १७ गते आफ्नो १२औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि मंसिर ५ गतेदेखि मंसिर १७ गतेसम्म बैंकको बुक क्लोज हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ६८ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ७४ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ रहेको छ ।

Share News