काठमाडौं । नागवेली लघुवित्त विकास बैंकले आफ्नो सेयरधनीलाइै ४५.६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले सो मात्राको बोनस सेयर वितरण पश्चात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय कात्तिक २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले ४५.६ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा सो मात्राको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
सञ्चालक समितिको बैठकलाई कम्पनीको आगामी आठौँ वार्षिक साधारणसभाले पारित गर्ने भएको छ ।
कम्पनीको गत वर्षको सातोँ वार्षिक साधारण सभाबाट सो मात्राको हकप्रद जारी गर्ने प्रस्ताव राखेको थियो तर विविध कारणले गर्दा उक्त हकप्रद सेयर निष्कासन गर्न नसकिएको कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । ४५.६ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ७ करोड ६४ लाख ४० हजार रुपैयाँ कायम हुने छ । बोनस पश्चात कायम भएको पुँजीमा १०० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको पुँजी १४ करोड ९८ लाख रुपैयाँ नाघ्ने छ ।