बैंकहरु अझै पनि १२.६ प्रतिशत ब्याजदरमा संस्थागत निक्षेप उठाउदै

<p>काठमाडौं । केन्द्रीय बैंकले प्रणालीमा पर्याप्त लगानीयोग्य पुजी (तरलता) भएको बताइरहदा बैंक तथा वित्तीय संस्थाले अझै पनि १२.६ प्रतिशत ब्याजदरमा संस्थागत निक्षेप उठाइ रहेका छन् । बैंक तथा वित्तीय संस्थाले महंगोमा निक्षेप उठाउन थालेपछि बजामा कर्जाको ब्याजदर नघट्ने संभावना देखिएकाे छ । नेपाल राष्ट्र बैंकले आफूसंग भएको लगानी एक वर्षका लागि मुद्दति निक्षेपमा राख्नका लागि [&hellip;]</p>

काठमाडौं । केन्द्रीय बैंकले प्रणालीमा पर्याप्त लगानीयोग्य पुजी (तरलता) भएको बताइरहदा बैंक तथा वित्तीय संस्थाले अझै पनि १२.६ प्रतिशत ब्याजदरमा संस्थागत निक्षेप उठाइ रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाले महंगोमा निक्षेप उठाउन थालेपछि बजामा कर्जाको ब्याजदर नघट्ने संभावना देखिएकाे छ ।

नेपाल राष्ट्र बैंकले आफूसंग भएको लगानी एक वर्षका लागि मुद्दति निक्षेपमा राख्नका लागि बोलकबोल आब्हान गर्दा बैंक तथा वित्तीय संस्थाले वार्षिक १२.६ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् ।

राष्ट्र बैंकले आफूसंग भएको ९६ करोड २३ लाख रुपैयाँ मुद्दति निक्षेपमा राख्नका लागि कात्तिक १४ गते आब्हान गरेको थियो ।

गत आइतबार बाणिज्य बैंकले न्युनतम ५ देखि ९.३, विकास बैंकले न्युनतम् ८ देखि १२.६ र वित्त कम्पनीले ७.५ देखि १० प्रतिशत वार्षिक ब्याज दर कबोल गरेर मुद्दति निक्षेप उठाउने प्रस्ताव गरेका हुन् ।

विकास बैंकले सभैभन्दा बढी महंगो ब्याज दर प्रस्ताव गरेको छ । यसबाट विकास बैंकमा तरलता कम रहेको अनुमान गर्न सकिन्छ । विकास बैंकमा निक्षेप घट्दै गएपछि मंहगो दरमा उठाउन लागेका हुन् । केन्द्रीय बैंकले वाणिज्य बैंकलाई ७६ करोड ९८ लाख, विकास बैंकलाई १४ करोड ४४ लाख र वित्त कम्पनीलाई ४ करोड ८१ लाख रुपैयाँ छुट्टाएको थियो ।

बैंकहरूले केन्द्रीय बैंकबाट महंगोमा निक्षेप उठाएकाले कर्जाको ब्याजदर अझै घट्ने देखिएको छैन् । बैंकको आधार ब्याज दर १० प्रतिशत माथि रहेको अवस्था कर्जाको ब्याज दर घट्ने संभावना अझै छैन् । कतिपय बैंकको आधार ब्याज दर १२ प्रतिशतसम्म पुगेको छ

Share News