सोलु करिडोरबाट मात्रै ३ वर्षभित्र २१७ मेगावाट बिजुली उत्पादन हुदै, निजी क्षेत्रकाे ३५ अर्ब लगानी

<p>काठमाडौं । सोलु करिडोरबाट मात्रै आउदो ३ वर्षभित्र २१७ मेगावाट बिजुली उत्पादन हुने भएको छ । ठुला र साना गरी निर्माणधिन ६ वटा जलविद्युत आयोजना सम्पन्न भई सो परिमाणमा बिजुली उत्पादन हुने भएको हो । यी सबै आयोजना निजी लगानीमा निर्माण भएका हुन् । ६ आयोजना बनाउन निजी क्षेत्रले झण्डै ३५अर्ब रुपैयाँ लगानी गर्दैछ । [&hellip;]</p>

काठमाडौं । सोलु करिडोरबाट मात्रै आउदो ३ वर्षभित्र २१७ मेगावाट बिजुली उत्पादन हुने भएको छ । ठुला र साना गरी निर्माणधिन ६ वटा जलविद्युत आयोजना सम्पन्न भई सो परिमाणमा बिजुली उत्पादन हुने भएको हो ।

यी सबै आयोजना निजी लगानीमा निर्माण भएका हुन् । ६ आयोजना बनाउन निजी क्षेत्रले झण्डै ३५अर्ब रुपैयाँ लगानी गर्दैछ । यी आयोजना ढिलोमा आउदो ३ वर्ष अर्थात ०७७ चैतसम्म सम्पन्न हुने नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउछन् ।

हाल निर्माण भइरहेका आयोजनामा ८६ मेगावटको सोलुखोला दुधकोसी, ८२ मेगावाटको तल्लो, २३.५ मेगावाटको सोलुखोला, १८ मेगावाटको माथिल्लो सोलु, ५.२ मेगावाटको जुनिवेसीखोला र २.८ मेगावाटको सिसाखोला आयोजना हुन् ।

सोलुखोला दुधकोसी आयोजना साहस इनर्जी लिमिटेड, तल्लोसोलु भारतीयको समेत लगानीमा एस्सेल सोलु हाइड्रोपावर, सोलुखोला माथिल्लो सोलु हाइड्रोपावर, माथिल्लो सोलु बेनी हाइड्रोपावर, जुनीवेसी दोभान हाइड्रोपावर कम्पनी र सिसा हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेका छन् । यी कम्पनीले स्थानियबासिन्दालाई १० प्रतिशत सेयर दिदैछन् ।

यी आयोजनाबाट वार्षिक १ अर्ब २५ करोड ६२ लाख २० हजार युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । सोलुखोला आयोजना सबैभन्द अघि आगामी साउनदेखि बिजुली उत्पादन गर्देछ ।

आयोजना धमाधम निर्माण भइरहदा प्रसारणलाइनको प्रगति सुस्त भएकाले नेपाल विद्युत प्राधिरकणले वार्षिक अर्बो रुपैयाँ पेनाल्टी भुत्तानी गर्नुपर्ने देखिएको छ । प्राधिकरणले प्रवद्र्धंकसंग न्युनतम ५ देखि ४५ प्रतिशतसम्म पेनाल्टी भुत्तानी दिने गरी विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ ।

हालसम्म प्रसारणलाइनको काममा ढिलाइ भएकाले सो रकम बराबरको क्षतिपूर्ति तिर्नुपर्ने प्राधिकरणका अधिकारी बताउछन् । सोलुको तिम्ला लमानेदेखि सिरहाको मिर्चैयासम्म ९० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारणलाइन निर्माणको जिम्मा भारतको मोहन इनर्जी लिमिटेडले पाएको छ ।

Share News