३ महिनामा सेन्चुरी बैंकको नाफा साढे १० करोड

<p>काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले ३ महिनामा नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १० करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ करोड ४२ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । बैंकको खराब कर्जा बढेर १.७ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.१५ [&hellip;]</p>

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले ३ महिनामा नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १० करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ करोड ४२ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो ।

बैंकको खराब कर्जा बढेर १.७ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.१५ प्रतिशत मात्र थियो । कर्जा निक्षेप अनुपात ७८.४७, निक्षेप लागत ८, आधार ब्याजदर ११.१३, ब्याज स्प्रेड ३.९४ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा छ । गत असारको तुलनामा बैंकको निक्षेप बढेर ४५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप परिचालन ४२ अर्ब ५९ करोड रुपैयाँ थियो ।

यस्तै कर्जा लगानी बढेर ४० अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको कर्जा लगानी ३९ अर्ब ५० करोड रुपैयाँ छ । बैंकको संचित कोष बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ

Share News