काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाकोले असोज १८ देखि २३ गतेसम्म निष्काशन गरेको आइपीओको बाँडफाँट भएको छ । बुधबार बाँडफाँट भएको उक्त आइपीओमा १६ हजार ७४० आवेदकले १० कित्ता सेयर पाएका छन् ।

कम्पनीले जारी गरेको उक्त आइपीओमा कुल दुई लाख ३५ हजार २४८ जनाको आवेदन परेको थियो । जस मध्ये १६ हजार ७४० जना आवेदकले मात्र सेयर पाएका बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
कुल आवेदन परेको सेयरमध्ये २ हजार ३९६ जनाको आवेदन रद्द भएको छ भने बाँकी आवेदकलाई सेयर नपरेको बिक्री प्रवन्धकले जनाएको छ । कम्पनीले कुल एक करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।
