काठमाडौं । प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका कारण लोक सेवा आयोगको परीक्षा सरेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अघि लिखिति परिक्षा सञ्चालन नगर्न लिखित पत्र पठाएपछि लोकसेवाले परिक्षा मिति सारेको हो । कहिले हुँदैछ सरेको परिक्षा ?
अब सो परिक्षाहरु एक महिनापछि सरेका छन् । आयोगका प्रवक्ता लक्ष्मी विलास कोइरालाका अनुसार निर्वाचन आयोगले आचार संहिता प्रभावित हुने भन्दै कात्तिक १९ गते पत्र लेखेर परिक्षा एक महिना सार्न भनेको थियो ।
निर्वाचन आयोगको सोही निर्देशन बमोजिम परिक्षा मिति सारिएको कोइरालाले बताए । लोकसेवाले मंसिर र पुसमा लिखित तर्फको प्रथम, दोश्रो तथा तेश्रो पत्रको परिक्षा मिति कायम गरेको थियो ।