यामाहाका नौ जना ग्राहकले जिते एक लाख रुपैयाँ, हेरौँ क-कसले जिते ?

<p>काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं ग्राहक योजना ‘क्यास-इन-ओ’ अन्तर्गतको साप्ताहिक लकी ड्रका नवौं विजेता घोषणा गरेको छ । इटहरीका थगेन्द्र थापा यामाहाको तर्फबाट एक लाख रुपैयाँ पुरस्कार हासिल गर्ने नवौं ग्राहक बनेका हुन् । यामाहाले दसैंतिहारको अवसरमा ‘क्यास-इन-ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ ल्याएको थियो जसमा यामाहा ब्रान्डका [&hellip;]</p>

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं ग्राहक योजना ‘क्यास-इन-ओ’ अन्तर्गतको साप्ताहिक लकी ड्रका नवौं विजेता घोषणा गरेको छ । इटहरीका थगेन्द्र थापा यामाहाको तर्फबाट एक लाख रुपैयाँ पुरस्कार हासिल गर्ने नवौं ग्राहक बनेका हुन् ।

यामाहाले दसैंतिहारको अवसरमा ‘क्यास-इन-ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ ल्याएको थियो जसमा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड कार जित्न सक्नेछन् । साप्ताहिक लकी ड्रको प्रत्यक्ष प्रसारण हरेक सोमबार हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट ६’ र यामाहा नेपालको आधिकारिक फेसबुक पेजमा गरिन्छ ।

यो योजनाको पहिलो साप्ताहिक विजेता काठमाडौंका दिपेन्द्र बस्नेत हुन सफल भएका थिए । उनीपछि रिचा श्रेष्ठ, आयुष शाक्य, नगेन्द्र श्रेष्ठ, बालिका खनाल, मिराना ग्लोबल प्रा. लि., शोभन घिमिरे र राम जंग गुरुङ साप्ताहिक लकी ड्रबाट विजेता घोषित भए ।

यामाहाका मोटरसाइकल किन्दा तुरुन्त सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमा एक लाख रुपैयाँ र बम्पर पुरस्कारमा स्कोडा र्यापिड कार पाउने भएपछि ग्राहकहरु निकै उत्साहित भएको हामीले पाएका छौं । यो योजना कात्तिक मसान्तसम्म जारी रहनेछ ।

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

Share News