रिलायबल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच ब्याकान्स्योरेन्स सम्झौता

<p>काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बीच ब्याकान्स्योरेन्स सम्झौता सम्पन्न भयो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट पर्शुराम कुवंर क्षेत्रीले तथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत इन्स्योरेन्सले जनता बैंक नेपालले बैंकबाट आफ्नो जीवन बीमालेखहरु बिक्री गर्नुका साथै बैकको शाखा संजाल [&hellip;]</p>

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बीच ब्याकान्स्योरेन्स सम्झौता सम्पन्न भयो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट पर्शुराम कुवंर क्षेत्रीले तथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत इन्स्योरेन्सले जनता बैंक नेपालले बैंकबाट आफ्नो जीवन बीमालेखहरु बिक्री गर्नुका साथै बैकको शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचँ बिस्तार गर्ने कम्पनीले जनाएको छ ।

साथै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति सुहाँउदा विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ ।

इन्स्योरेन्सले हालसम्म विभिन्न ७ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ । जस मध्ये “रिलायबल धनपति बीमा योजना” एक हो । यो योजना मार्फत सानो सानो बचतबाट बीमित करोडपति बन्न सक्ने कम्पनीको विश्वास रहेको छ ।

Share News