नेपालमा रेलको सम्भावना खोज्दै चिनियाँ उपमन्त्री ‘फिल्ड भिजिट’मा

<p>काठमाडौं । चिनियाँ उपमन्त्री नेतृत्वको उच्चस्तरिय प्रतिनिधीमण्डलले नेपालमा रेलको सम्भावना खोज्दै स्थलगत अध्ययन गरिरहेको छ । चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले चिनियाँ सहयोगमा निर्माण हुने रेलमार्गको सम्भावनाबारे स्थलगत अध्ययन गरेको हो । सो टोलीले मंगलबार काठमाडौं–केरुङ रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको थियो । बुधबार पोखरा पुगेको चिनियाँ टोलीले बिहिबार लुम्बिनी [&hellip;]</p>

काठमाडौं । चिनियाँ उपमन्त्री नेतृत्वको उच्चस्तरिय प्रतिनिधीमण्डलले नेपालमा रेलको सम्भावना खोज्दै स्थलगत अध्ययन गरिरहेको छ । चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले चिनियाँ सहयोगमा निर्माण हुने रेलमार्गको सम्भावनाबारे स्थलगत अध्ययन गरेको हो ।

सो टोलीले मंगलबार काठमाडौं–केरुङ रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको थियो । बुधबार पोखरा पुगेको चिनियाँ टोलीले बिहिबार लुम्बिनी खण्डको सम्भाव्यताबारे अध्ययन गर्नेछ । ‘हामी काठमाडौं–केरुङ खण्डको स्थलगत अवलोकन गरेर अहिले काठमाडौं–पोखरा खण्डको अवलोकनमा आइपुगेका छौं, बिहिबार काठमाडौं–लुम्बिनी खण्डको अध्ययन गरिनेछ’, रेल विभागका सिडिई प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने ।

२३ सदस्यिय उच्चस्तरिय चिनियाँ टोलीमा रेलवे सेवाका प्राबिधिक, वित्तिय फाँटका प्रतिनिधी, प्रशासनका प्रतिनिधी लगायतका सहभागीता रहेको छ । नेपाल र चीनबिच केरुङ–रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार नेपालको भौगोलिक अवस्थितीति, वित्तिय व्यवस्थापन, प्रशासनिक सहजता, रेलका लागि आवश्यक पर्ने प्रबिधीको अध्ययन गर्न चिनियाँ टोली नेपाल आएको हो ।

Share News