काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २५ करोड नाफा कमाएको छ । बैंकले गत आवको पहिलो त्रैमासिकमा भने २८ करोड नाफा कमाएको थियो ।
प्रभु बैंकले पहिलो त्रैमासिकमा ८२ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गरेको देखिन्छ । बैंकले एक अर्ब ८५ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३४ करोड ब्याज खर्च गरेको छ । बैंकको खुद ब्याज आम्दानी ५१ करोड रहेको छ ।
खराब कर्जा ४.२३ प्रतिशत रहेको बैंकले राइटब्याकबाट १३ करोड प्राप्त गरेको छ भने ११ करोड प्रोभिजन गरेको छ ।