काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालले चालु अार्थिक वर्षमा ३८ प्रतिशतले नाफा वृद्धि गरेकाे छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ४८ करोड २५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३४ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरण सकरात्मक देखिएको छ । बैंकको खराब कर्जा अनुपात ०.१८, कर्जा निक्षेप अनुपात ६४.९०, आधार ब्याजदर ६.७ पैसा र कर्जा निक्षेपबीच ब्याजदर अन्तर ५.७३ प्रतिशत छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) असारको तुलनामा बढेर ४८ रुपैयाँ १८ पैसा पुगेको छ । गत असारमा ईपीएस ३४.५० पैसा थियो ।
गत असोजसम्म बैंकको निक्षेप परिचालन ८ अर्ब बढेर ७१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप ६३ अर्ब ३८ करोड रुपैयाँ थियो ।
यस्तै कर्जा लगानी पनि सामान्य बढेर ३९ अर्ब ८५ करोड पुगेको छ । गत असारमा बैंकके कर्जा लगानी ३९ अर्ब २० करोड रुपैयाँ थियो । चुत्तापुँजी ४ अर्ब रुपैयाँ मात्र रहेको बैंककाे संचित कोषमा ८ अर्ब ५५करोड रूपैयाँ छ ।