नेशनल मेडिकल कलेज सम्बन्धनको अन्तरिम आदेश रद्द गराउन शिक्षा मन्त्रालयको निवेदन

<p>काठमाडौं । शिक्षा मन्त्रालयले नेशनल मेडिकल कलेजको सम्बन्धनका सम्बन्धमा सर्वाेच्च अदालतबाट भएको अन्तरिम आदेश रद्द गराई पाउन आज निवेदन दर्ता भएको छ । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले महान्यायाधिवक्ताको कार्यालयमार्फत उक्त निवेदन दर्ता गराइएको हो । सर्वाेच्च अदालतबाट यही कात्तिक ८ मा भएको अन्तरिम आदेशअनुसार सो कलेजको सम्बन्धन रोक्ने त्रिभुवन विश्वविद्यालयको निर्णय कार्यान्वयन नगर्न उल्लेख [&hellip;]</p>

काठमाडौं । शिक्षा मन्त्रालयले नेशनल मेडिकल कलेजको सम्बन्धनका सम्बन्धमा सर्वाेच्च अदालतबाट भएको अन्तरिम आदेश रद्द गराई पाउन आज निवेदन दर्ता भएको छ ।

मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले महान्यायाधिवक्ताको कार्यालयमार्फत उक्त निवेदन दर्ता गराइएको हो ।

सर्वाेच्च अदालतबाट यही कात्तिक ८ मा भएको अन्तरिम आदेशअनुसार सो कलेजको सम्बन्धन रोक्ने त्रिभुवन विश्वविद्यालयको निर्णय कार्यान्वयन नगर्न उल्लेख थियो ।

उक्त कलेज सम्बन्धनका लागि योग्य नभएको भनी चिकित्सक डा गोविन्द केसीलगायतले विरोध गरेपछि त्रिविले सरकारको निर्देशनमा सम्बन्धन दिने निर्णय स्थगन गरेको थियो । रासस

Share News