सिजी मोबाइलका दुई नयाँ मोडल सार्वजनिक, धेरै फिचरका साथै सस्तो मूल्यमा पाइने

<p>काठमाडौं । सिजी मोबाइलको बढ्दो ब्यापारलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो फिचर फोन बिधामा दुई नया“ मोडलहरु थप गरेको छ । अस्ट्रो मेरोको सफलता पछि सिजी मोबाइलले “अस्ट्रो मेरो प्लस” र “अस्ट्रो पीएल” नामक दुई मोडलका मोबाइल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त फोनहरु धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । सिजी मोबाइलको बढ्दो ब्यापारलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो फिचर फोन बिधामा दुई नया“ मोडलहरु थप गरेको छ । अस्ट्रो मेरोको सफलता पछि सिजी मोबाइलले “अस्ट्रो मेरो प्लस” र “अस्ट्रो पीएल” नामक दुई मोडलका मोबाइल सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको उक्त फोनहरु धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ ।

अस्ट्रो मेरो प्लसमा डिजिटल क्यामेरा, एफएम, टर्च, जिपीआरएस, एमपी३/एमपी४ १००० एमएएच ब्याट्री रहेको छ । यस मोडलको बजार मूल्य जम्मा ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, नयाँ ल्याइएको अस्ट्रो ५एलमा पनि बिभिन्न आर्कषक फिचरहरु छन् । जस्तै, वाइरलेस एफएम, फ्ल्यास भएको डिजिटल क्यामेरा, एमपी३/एमपी४, टर्च, ब्यिुटुथ, १८०० एमएएच ब्याट्री रहेको छ । साथै, कम्पनीका अनुसार यसको बजार मूल्य १ हजार ६९९ रुपैयाँ तोकिएको छ ।

Share News