सेयर बजार निरन्तर ओरालो, ब्रोकर मार्जिन कर्जाले पनि छोएन

<p>काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सोमबार ब्रोकर मार्जिन ल्याण्डिङ सार्वजनिक भएपछि पनि मंगलबारको सेयर बजार बढ्न सकेन । बोर्डले सोमबार सार्वजनिक गरेको निर्देशन अनुसार ब्रोकरमार्फत मार्जिन कर्जा सुविधा अन्तर्गत अधिकांश बैंक तथा कम्पनीको सेयर किन्न नपाइने भएपछि त्यसको असर मंगलबारको सेयर बजारमा पर्न गएको हो । साे दिनकाे नेप्से परिसूचक ८.९७ अंकले [&hellip;]</p>

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सोमबार ब्रोकर मार्जिन ल्याण्डिङ सार्वजनिक भएपछि पनि मंगलबारको सेयर बजार बढ्न सकेन । बोर्डले सोमबार सार्वजनिक गरेको निर्देशन अनुसार ब्रोकरमार्फत मार्जिन कर्जा सुविधा अन्तर्गत अधिकांश बैंक तथा कम्पनीको सेयर किन्न नपाइने भएपछि त्यसको असर मंगलबारको सेयर बजारमा पर्न गएको हो ।

साे दिनकाे नेप्से परिसूचक ८.९७ अंकले ओरालो लागेर १४८४ अंकमा अडेकाे छ । सो दिन १५९ कम्पनीको जम्मा ११ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजारमा कुल ४२ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मंगलबार ट्रेनिङ समूहको परिसूचक सामान्य अंकले हरियो भएको छ भने कारोबार भएका अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४९.७३ अंकले ओरालो लागेको छ ।
सो दिन सबैभन्दा बढी काबेली विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत गुमाएका छन् ।

त्यस्तै, बैंकको ब्याजदर बढी भएपछि लगानी आउन नसकेकाले सेयर बजार घटेको भन्ने बुझिन्छ । साथै, अब आउने चुनाव पछि बामपन्थी गठबन्धन सरकार बन्ने सम्भावना भएपछि लगानीकर्ता डराएका छन् जसको प्रभाव बजारमा पुग्न गएको भन्ने अनुमान गर्न सकिन्छ ।

Share News