बिहीबार ५ अर्बको ऋणपत्र आउदै, ८ वर्षमा सावाँ फिर्ता हुने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ “ख” बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । ८ वर्षे अवधिको ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । साँवा फिर्ता ०८२ कात्तिक २४ गते फिर्ता हुने छ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ “ख” बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । ८ वर्षे अवधिको ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
साँवा फिर्ता ०८२ कात्तिक २४ गते फिर्ता हुने छ । ब्याज प्रत्येक ६ महिनामा दिने छ । सरकारलाई विकास कार्यक्रम सञ्चालनका लागि राष्ट्र बैंकमार्फत विकास ऋणपत्र निष्कासन हुन लागेको हो ।

चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरको छ । जसअनुसार विकास ऋणपत्र उपकरणबाट मात्र ७२ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ ।

 

Share News