ललितपुरको लबिम मलमा ‘वाइवाइ सिटी’ को आउटलेट

<p>ललितपुर । चौधरी ग्रुपले नुडल्स बारको अवधारणासहित नेपालमा पहिलो पटक ‘वाइवाइ सिटी’ सञ्चालनमा ल्याएको छ । ग्रुप अन्तर्गतको सि.जी. रिटेल प्रा.लि. ले ललितपुरको पुल्चोकस्थित लबिम मलमा क्विक सर्भिस रेष्टुरेन्ट (क्यूएसआर)का रुपमा ‘वाइवाइ सिटी’ को आउटलेट सञ्चालनमा ल्याएको हो । उक्त आउटलेटको उद्घाटन ग्रुपका प्रवन्ध निर्देशक निर्वाण कुमार चौधरीले गरेका हुन् । कार्यक्रममा प्रवन्ध निर्देशक चौधरीले नेपालमा [&hellip;]</p>

ललितपुर । चौधरी ग्रुपले नुडल्स बारको अवधारणासहित नेपालमा पहिलो पटक ‘वाइवाइ सिटी’ सञ्चालनमा ल्याएको छ । ग्रुप अन्तर्गतको सि.जी. रिटेल प्रा.लि. ले ललितपुरको पुल्चोकस्थित लबिम मलमा क्विक सर्भिस रेष्टुरेन्ट (क्यूएसआर)का रुपमा ‘वाइवाइ सिटी’ को आउटलेट सञ्चालनमा ल्याएको हो ।

उक्त आउटलेटको उद्घाटन ग्रुपका प्रवन्ध निर्देशक निर्वाण कुमार चौधरीले गरेका हुन् । कार्यक्रममा प्रवन्ध निर्देशक चौधरीले नेपालमा मात्र नभएर विदेशमा समेत सर्वाधिक रुचाइएको वाइवाइ चाउचाउलाई विभिन्न स्वाद तथा आकर्षक ढंगले पस्किन ‘वाइवाइ सिटी’ सफल हुने विश्वास लिएका छन् ।

भारत र नेपालमा गरी ‘वाइवाइ सिटी’ का १४ ओटा आउटलेट रहेका छन् । भारतको दिल्ली, सिलिगुडी, चण्डीगढ, हैदराबाद, कोलकाता, चेन्नाई, पुणे लगायतका सहरमा सञ्चालित ‘वाइवाइ सिटी’ निकट भविष्यमा नेपालको इटहरी, धरान, भरतपुर, पोखरा, विराटनगर, विर्तामोड तथा भारतको आग्रा, लखनउ, मुम्बई, देहरादुन लगायतका सहरमा सञ्चालनमा ल्याउने योजना रहेको छ । यस बाहेक आगामी पाँच वर्षमा अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, मलेसिया तथा मध्यपूर्वी देशहरुमा एक हजार पाँच सय ‘वाइवाइ सिटी’ सञ्चालनमा ल्याउने योजना कम्पनीले लिएको छ ।

‘वाइवाइ सिटी’ मा क्लासिक, चप्सी, रोस्टेड र प्यान फ्राइड गरी चार थरीका चाउचाउका साथ सोय गार्लिक, कुङपाउ, मसाला फ्युजन, हट गार्लिक, पेपर सोया, स्पाइसी तेरियाकी, सेज्वान चिली गरी सातवटा स्वादमा सस, अठार थरी ताजा सागसब्जी, दश थरी टपिङ तथा पाँच थरी एड अन बाट छनोट गरी आफूले रुचाएको स्वादमा बनाएका परिकारको स्वाद चाख्न पाइने विज्ञप्तिमा जारी छ ।

Share News