काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले फुकोट कर्णाली जलविद्युत आयोजनामा १ अर्ब २६ करोड रुपैयाँ स्वपुँजी (इक्यिुटी) लगानी गर्ने भएको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४२६ मेगावाट क्षमताको आयोजनामा इक्विटीका रुपमा लगानी गर्ने निर्णय गरिएको हो । आयोजनामा एचआईडीसीएलले १० प्रतिशत सेयर लगानी गर्ने निर्णय भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छबिराज पोखरेलले बताए ।एचआईडीसीएलको निर्णयसंगै आयोजनामा अघि बढाउन सहज हुने भएको छ । एनईए इन्जिनियरिङ कम्पनी लिमिटड (एनईसी) ले आयोजनाको अध्ययन गर्नेछ ।
नेपाल विद्युत प्राधिकरणले हालै मात्र स्थापना गरेको कम्पनीले पहिलो पटक फुकोट कर्णाली आयोजनाको संभाव्यत्ता अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने छ । विद्युत प्राधिकरण अन्र्तगतको विद्युत उत्पादन कम्पनी लिमिटेडमार्फत फुलकोट कर्णाली आयोजना निर्माण हुन लागेको हो ।
कम्पनीमा विद्युत प्राधिकरणको ५१, विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको १७÷१७ प्रतिशत हुने छ । आयोजना निर्माणको जिम्मा सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनीले पाएको छ ।
कालीकोटमा पहिचान भएको यो आयोजना सेना, प्रहरी तथा निजामति कर्मचारीको लगानीमा निर्माण गर्ने विषयमा ऊर्जा मन्त्रालयले गत जेठ ८ मा निर्णय गरेको थियो । मन्त्रालयले गत साउन २ गते विद्युत उत्पादन कम्पनीलाई आयोजनाको अध्ययन अनुमतिपत्र दिएको थियो ।