ब्रोकर कम्पनीलाई मार्जिन ल्याण्डिङको सुबिधा दिने धितोपत्र बोर्डको निर्णय

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई मार्जिन ल्याण्डिङको सुबिधा दिने निर्णय गरेको छ । बोर्डले सोमबार बिशेष निर्देशन जारी गर्दै ब्रोकर कम्पनीले पनि सेयर कर्जा दिन पाउने व्यवस्था लागु गरेको हो । बोर्डले मार्जिन ल्याण्डिङको व्यवस्था कार्यान्वयनका लागि कार्यविधि बनाई पेश गर्न धितोपत्र बजार तथा धितोपत्र दलाल व्यवसायीहरुलाई धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई मार्जिन ल्याण्डिङको सुबिधा दिने निर्णय गरेको छ । बोर्डले सोमबार बिशेष निर्देशन जारी गर्दै ब्रोकर कम्पनीले पनि सेयर कर्जा दिन पाउने व्यवस्था लागु गरेको हो ।

बोर्डले मार्जिन ल्याण्डिङको व्यवस्था कार्यान्वयनका लागि कार्यविधि बनाई पेश गर्न धितोपत्र बजार तथा धितोपत्र दलाल व्यवसायीहरुलाई धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरीे नेपाल धितोपत्र बोर्डद्धारा “मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४” जारी गरिएको बताएको छ ।

यस्ता छन मार्जिन ल्याण्डिङ कारोबार गर्ने ब्रोकर कम्पनीका लागि बोर्डका सर्त यस्ता छन मार्जिन ल्याण्डिङ कारोबार गर्ने ब्रोकर कम्पनीका लागि बोर्डका सर्त:

-कम्तिमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक बर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांस वितरण गरेको सूचिकृत संगठित संस्थाको शेयरमामात्र मार्जिन कारोवार सुविधा उपलब्ध गराउनु पर्ने ।

-मार्जिन कारोवार सुविधा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ती कम्तिमा ५ करोड रुपैयाँ हुनु पर्ने ।

– धितोपत्र दलाल व्यवासायीले सूचिकृत संगठित संस्थाको शेयरको १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुनआउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्ने ।

-धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अवधि भर वजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने ।

-ग्राहकले मार्जिन कारोवारमा खरिद गरेको शेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले सो शेयर विक्री गर्न सक्ने ।

-धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसंग रकम लिएर मार्जिन कारोवार सुविधा प्रदान गर्न सक्ने ।

-धितापत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्ने ।

-धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको वढीमा १० प्रतिशत सम्म मात्र कारोवार सुविधा उपलब्ध गराउन सक्ने।

-धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा उपलव्ध गराउदा ग्राहकसंग सम्झौता गरी शूरु मार्जिन, संभार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरीद गर्ने सेयरको विवरण इत्यादि शर्तरव्यवस्थाहरु खुलाउनुपर्नेछ ।

-साथै यस सुविधा अन्र्तगत खरिद गरिएको शेयरसहितको मार्जिन रकम विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्ने, लेखापरिक्षण गरिएको कारोवार भएको शेयरको हिसाव किताव तथा लेखा बोर्ड र धितोपत्र बजारलाई पेश गर्नुपर्ने तथा ग्राहकको परिस्कृत पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Share News