एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु गौरादह र तरहरामा

<p>काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा झापाको गौरादह र सुनसरीको तरहरामा सञ्चालन भएको छ । उक्त गौरादह शाखाको उद्घाटन नगरपालिकाका मेयर रोहितकुमार शाहले र तरहरा शाखाको उद्घाटन ईटहरी उप-महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एकैदिन गरेका हुन् । उक्त २ शाखाको उद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुमा सेवा [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा झापाको गौरादह र सुनसरीको तरहरामा सञ्चालन भएको छ । उक्त गौरादह शाखाको उद्घाटन नगरपालिकाका मेयर रोहितकुमार शाहले र तरहरा शाखाको उद्घाटन ईटहरी उप-महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एकैदिन गरेका हुन् ।

उक्त २ शाखाको उद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुमा सेवा दिँदै आईरहेको छ ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।

Share News