काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो नयाँ शाखा चितवनको पर्सामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार खैरहनि नगरपालीका नगर प्रमुख लालमणी चौधरीले गरेका हुन् । यस शाखा सहित बैंकको हालसम्म कुल ७० वटा कार्यालयहरु पुगेका छन् ।
कार्यक्रममा कार्यक्रममा बैकका नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्रमा विशेष जोड दिई रहेको बताएका छन् ।
बैंकले गत आश्विन मसान्तसम्म १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गर्न गरेको छ । सोही अवधिमा बैंकले १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।