राप्ती हाइड्रोले साढे १२ करोडको आईपीओ निष्कासन गर्ने

<p>काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडले साढे १२ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले आउदो साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ । राप्तीको साधारणसभा आउदो मंसिर ३ गते राजधानीमा हुने भएको छ । कम्पनीले ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना निर्माण गर्दै छ । आयोजनाले [&hellip;]</p>

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडले साढे १२ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले आउदो साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ । राप्तीको साधारणसभा आउदो मंसिर ३ गते राजधानीमा हुने भएको छ । कम्पनीले ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना निर्माण गर्दै छ । आयोजनाले स्थानियलाई १० र सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन गर्ने छ ।

साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि प्रक्रिया सुरु हुने कम्पनीले जनाएकोृ छ । कम्पनीले यसअघि निष्कासन गरेको अग्राधिकार सेयरलाई आईपीओमा परिणत गर्ने भएको छ । आईपीओमा परिणत गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ ।

आयोजना निर्माणमा कम्पनीले प्राइम कमर्शियल बैंक र सेन्चुरी कमर्शियल बैंकसंग ७० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ ।

आयोजना निर्माणका लागि कम्पनीले निर्माणपुर्वको काम सुरु गरेको छ । आयोजना रुकमको सिस्ने र भुमे गाउँपालिकामा पर्छ । राप्तीमा सीईडीबी हाइड्रो फण्ड लिमिटेडको ९५ प्रतिशत स्वामित्व छ ।

सीईडीबीअन्र्तगत राधि विद्युत कम्पनी लिमिटेडले ९ करोड ४४ लाख ५५ हजार रुपैयाँको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यस्तै युनिभर्सल पावर कम्पनी र दोर्दी हाइड्रोपावरले पनि आईपीओ निष्कासनको तयारी थालेका छन् ।

 

Share News