११० दिनको विकास खर्च १९० अर्ब, १० दिनमा होला त ८७ अर्बको विकास ?

<p>काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको पहिलो चौमासमा सरकारले बजेट खर्च गर्न लिएको लक्ष्य पुरा नहुने भएको छ ।सरकारले गत असारमा बजेट कार्यन्वयन योजना सार्वजनिक गर्दै कात्तिक मसान्तसम्म कुल विनियोजन बजेटको २९.४४ प्रतिशत अर्थात ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च भनेको थियो । पहिलो चौमासिक सकिन अब १० [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको पहिलो चौमासमा सरकारले बजेट खर्च गर्न लिएको लक्ष्य पुरा नहुने भएको छ ।सरकारले गत असारमा बजेट कार्यन्वयन योजना सार्वजनिक गर्दै कात्तिक मसान्तसम्म कुल विनियोजन बजेटको २९.४४ प्रतिशत अर्थात ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च भनेको थियो ।

पहिलो चौमासिक सकिन अब १० दिन मात्र बाँकी रहदा कुल बजेटको १४.८० प्रतिशत अर्थात १ खर्ब ८९ अर्ब ३० करोड ५९ लाख ५७ हजार रुपैयाँ मात्र खर्च भएको छ । यो लक्ष्य पुरा गर्न ८७ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । खर्चको अवस्था हेर्दा यो संभव देखिन्दैन् ।
मुलुक केन्द्र र प्रदेशको निर्वाचनमा केन्द्रीत भएकाले बजेट खर्चमा असर पर्ने देखिएको छ । अर्थले निर्धारित समयमा तोकिएको रकम खर्च गर्नुपर्ने वाध्यकारी व्यवस्था गरिएको त्यसबेला जानकारी दिएको थियो ।

महालेखा नियन्त्रकको कार्यलयका अनुसार चालु खर्च १ खर्ब ६६ अर्ब ७९ करोड रुपैयाँ भएको छ । चालु बजेटको २०.७६ प्रतिशत खर्च भएको छ । चालु आवमा ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि बजेट विनियोजन भएको छ ।

पुँजीगत खर्च ज्यादै न्यन देखिएको छ । पुँजीगत बजेटको ५.३४ प्रतिशत मात्र खर्च भएको छ । चालु आवमा सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा पहिलो चौमास सकिन लाग्दा १७ अर्ब ९० करोड ३४ लाख रुपैयाँ मात्र खर्च भएको महालेखाले जनाएको छ ।

अर्थले मंसिरदेखि फागुनसम्म दोस्रो चौमासमा कुल बजेटको ३७.८० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ खर्च गर्नुपर्ने भनेको छ । यस्तै तेस्रो चौमासमा कुल बजेटको ३२.७६ प्रतिशत ४ खर्ब १९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ खर्च गर्नुपर्ने छ ।
२२ प्रतिशत राजश्व संकलन

चालु आवको हालसम्म लक्ष्यको २२ प्रतिशत राजश्व संकलन भएको छ । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएकोमा हालसम्म १ खर्ब ६० अर्ब ५२ करोड रुपैयाँ संकलन भएको महालेखाले जनाएको छ ।

 

Share News