काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सबैभन्दा महंगो ब्याज दर सरकार स्वामित्वको कृषि विकास बैंकको छ ।
बैंकको आधार ब्याज दर ११.९७ प्रतिशत पुगेको छ । यो हालको उच्च ब्याज दर हो । आधार दर नै बढी भएपछि कर्जाको ब्याज दर महंगो हुन्छ ।
बैंकले निक्षेपको ब्याज दर बढेका कारण कर्जाको पनि ब्याज दर बढेको बैंकले जनाएको छ । सबैभन्दा कम ब्याज दर सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ ।