गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले घर भाडा तिरेनन्, घरबेटीले निकाले १५ दिने सूचना

<p>काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले घर भाडा नतिरेको भन्दै घरबेटीले १५ दिने सूचना निकालेका छन् । पुर्व राष्ट्रपति यादव बस्दै आएको ललितपुर बागडोलस्थित घरको साउनदेखि नतिरेको भन्दै १५ दिने सूचना निकालेको हो । राष्ट्रपति कार्यालयले गत साउन देखि घरभाडा सम्झौता नविकरण नगरेको भन्दै घरबेटी रविभक्त बिष्टले १५ दिनभित्रै घर खाली गर्न [&hellip;]</p>

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले घर भाडा नतिरेको भन्दै घरबेटीले १५ दिने सूचना निकालेका छन् । पुर्व राष्ट्रपति यादव बस्दै आएको ललितपुर बागडोलस्थित घरको साउनदेखि नतिरेको भन्दै १५ दिने सूचना निकालेको हो ।

राष्ट्रपति कार्यालयले गत साउन देखि घरभाडा सम्झौता नविकरण नगरेको भन्दै घरबेटी रविभक्त बिष्टले १५ दिनभित्रै घर खाली गर्न सार्वजनिक सूचना प्रकाशित गरेका हुन् । उनले आफ्नो घर जबरजस्ती प्रयोग भैरहेको आरोप समेत लगाएका छन् ।

उनले पुरानो भाडा तथा बक्यौता रकम उपलब्ध गराएर घर खाली गरिदिन आग्रह गरेका छन् । घरबेटी बिष्टले १५ दिनभित्र घर खाली नगरे कानुनी बाटो रोज्ने पनि बताएका छन् ।

Share News