कुमारी बैंकको नाफा डेढ करोड घट्यो

<p>काठमाडौं । कुमारी बैंकको नाफा डेढ करोड रुपैंयाँले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १३ करोड ७४ लाख नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने जम्मा ११ करोड २० लाख मात्रै कमाउन सफल भएको हो । बैंकको नाफा १ करोड ५४ लाखले घटेको देखिन्छ । कुमारी बैंकको खराब कर्जा १.२६ प्रतिशतबाट बढेर [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकको नाफा डेढ करोड रुपैंयाँले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १३ करोड ७४ लाख नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने जम्मा ११ करोड २० लाख मात्रै कमाउन सफल भएको हो ।

बैंकको नाफा १ करोड ५४ लाखले घटेको देखिन्छ । कुमारी बैंकको खराब कर्जा १.२६ प्रतिशतबाट बढेर १.९७ प्रतिशत पुगेको छ । बैंकले १४ करोड रुपैंयाँ प्रोभिजन गरेको देखिन्छ ।

कुमारीले एक अर्ब ४१ करोड ब्याज आम्दानी गरेर १ अर्ब ५ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी पनि ११.७६ रुपैंयाँबाट घटेर ७.५१ रुपैंयाँमा झरेको छ ।

Share News